site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा भारी वर्षा
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जिल्लाका ढुंग्रे, भोटाङ, मानेखर्क, चन्दारकु र दैलेखको डाँडागाउँ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको हो । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले तटीय क्षेत्रमा हुनेहरूले बिहान ७ बजेसम्म सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०५:३१
प्रतिक्रिया दिनुहोस्