site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ मन्त्रीका शिक्षा : १० कक्षादेखि पीएचडीसम्म 
SkywellSkywell

काठमाडौं । दुई ठूला दल मिलेर नयाँ सत्तासमीकरण बनेको छ । सँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपटक प्रधानमन्त्री बन्ने मौका पाएका छन् । 

पहिलो र दोस्रो ठूलो दल मिल्नु संसदीय राजनीति विरलै र अस्वाभाविक मानिन्छ । कांग्रेस–एमालेको नयाँ समीकरण र सरकारबाट प्रधानमन्त्री ओलीसहित २२ मन्त्रीले विभागीय जिम्मेवारीको शपथ लिइसकेका छन् ।

प्रधानमन्त्री ओली
संघीय संसद् सदस्य विवरण–२०८० अनुसार, वि.सं. २००८ फागुन ११ गते जन्मिएका प्रधानमन्त्री ओली उमेरमा ७३ वर्ष पुगिसकेका छन् । झापा–५ बाट निर्वाचित प्रधानमन्त्री ओली भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा बस्दै आएका छन् । उनको शैक्षिक अवस्था भने साधारण लेखपढ हो । तर, उनले मानार्थ पीएचडी दुईवटा पाएका छन् ।

KFC Island Ad
NIC Asia

सहरी विकासमन्त्री सिंह
उपप्रधान एवं गृहमन्त्री प्रकाशमान सिंह काठमाडौं–१ बाट निर्वाचित सांसद हुन् । प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष स्व. गणेशमान सिंहपुत्र प्रकाशमान सरकारमा कांग्रेसको नेतृत्वकर्ता हुन् । उनले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीसँग यसअघि पनि संघीय मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । उनले विज्ञान संकायमा स्नातकोत्तर (मास्टर्स) गरेका छन् ।

अर्थमन्त्री पौडेल
ओली नेतृत्वको सरकारमा तेस्रो वरीयताका मन्त्री हुन्, विष्णु पौडेल । एमाले सांसद पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले मन्त्रीको जिम्मेवारी यसअघि पनि पटक–पटक सम्हालेका छन् । संसद्को विवरणानुसार, २०१६ साल मंसिर १६ गते पौडेल जन्मिएका हुन् । उनी हाल रुपन्देही–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अर्थमन्त्री पौडेलले एसएलसीसम्म अध्ययन गरेका छन् ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ 
एमालेका उपमहासचिव समेत रहेका लमजुङ–१ बाट निर्वाचित सांसद हुन्, पृथ्वीसुब्बा गुरुङ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री रहेका गुरुङ यसअघि पनि संघीय मन्त्री बनेका थिए । २०१४ फागुन २ गते जन्मिएका उनी उमेरमा ६७ वर्ष पुगिसकेका छन् । उनले विज्ञान, भौतिकशास्त्रमा स्नातक गरेका संसद् सचिवालयको विवरणमा उल्लेख । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी चौथो वरीयताका मन्त्री हुन् ।

गृहमन्त्री लेखक 
वर्तमान गठबन्धनको सूत्रधारमध्ये एक हुन्, रमेश लेखक । कांग्रेसबाट प्रतिनिधित्व गर्दै लेखकले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । लेखक ओली नेतृत्वको सरकारमा पाँचौँ वरीयताका मन्त्री हुन् । २०२० माघ २५ गते जन्मिएका लेखक कञ्चनपुर–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी यसअघि पनि मन्त्री भइसकेका छन् । लेखकले मानविकी संकायमा स्नातकोत्तर गरेका छन् । उनी कानुन व्यवसायी समेत हुन् ।

श्रममन्त्री भण्डारी 
पञ्चायतको उत्तरार्द्धदेखि मन्त्री बन्दै आएका शरतसिंह भण्डारीले पुनः मौका पाएका छन् । छैटौँ वरीयतामा रहँदै उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारमा पनि उनले यही मन्त्रालयको जिम्मेवारी पाएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता समेत रहेका मन्त्री भण्डारी २०११ असोज २२ गते जन्मिएका हुन् । उनी महोत्तरी–२ बाट प्रतिनिधित्व गर्छन् । उनको शैक्षिक योग्यता स्नातकसम्म हो । उनले विज्ञान विषयमा स्नातकसम्म अध्ययन गरेका छन् ।

परराष्ट्रमन्त्री राणा
नेपाली कांग्रेसमा समानुपातिक सांसद आरजु राणा देउवा सभापति शेरबहादुर देउवापत्नी हुन् । देउवासँग २०५१ मा उनको विवाह भएको थियो । उनी ओली नेतृत्व सरकारमा सातौँ वरीयताका मन्त्री बनेकी छन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । खसआर्य समूहबाट समानुपातिक सांसद बनेकी आरजु पहिलोपटक मन्त्री बनेकी हुन् । उनी पीएचडी डाक्टर हुन् । उनले मनोविज्ञान विषयमा पीएचडी गरेकी छन् ।

खानेपानीमन्त्री यादव 
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन गरी नवगठित जसपाबाट प्रदीप यादवले यसपटक पनि मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रचण्ड नेतृत्वको निवर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका उनले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ओली नेतृत्वको सरकारमा आठौँ वरीयताका मन्त्री बनेका उनको जन्म २०३२ वैशाख २४ गते भएको हो । उनले मानविकी संकायमा प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

भूमि व्यवस्थामन्त्री अधिकारी
बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् । २०१७ माघ १६ गते जन्मिएका अधिकारी कपिलवस्तु–१ बाट प्रत्यक्ष निर्वाचित एमाले सांसद हुन् । उनले मानविकी संकायअन्तर्गत इतिहास विषयमा प्रमाणपत्र तह (प्लस टु) सम्मको अध्ययन गरेको संघीय संसद् सचिवालयको विवरणमा उल्लेख छ । वर्तमान सरकारमा उनी नवौँ वरीयताका मन्त्री हुन् ।

उद्योगमन्त्री भण्डारी
दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०३० कात्तिक २० गते जन्मिएका भण्डारी बैतडी–१ बाट निर्वाचित सांसद हुन् । एमाले सांसद भण्डारीले सरकारमा १०औँ वरीयता पाएका छन् । उनले मानविकी संकायमा स्नातक गरेका छन् ।

महिलामन्त्री सुडी
जसपा, नेपाल विभाजनमा सहभागी सांसद हुन्, नवलकिशोर साह सुडी । उनी प्रचण्ड नेतृत्वको निवर्तमान सरकारमा वनमन्त्री थिए । हाल उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । ७६ वर्षीय सुडी २००५ कात्तिक २५ गते जन्मिएका हुन् । उनले राजनीतिशास्त्र, मनोविज्ञानमा स्नातकसम्मको अध्ययन गरेका छन् । उनी ओली सरकारमा ११औँ वरीयताका मन्त्री हुन् ।

भौतिक पूर्वाधारमन्त्री दाहाल
देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । उनी एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य हुन् । २०१५ भदौ १६ गते जन्मिएका दाहाल झापाबाट प्रतिनिधित्व गर्छन् । उनी प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र दमक नगरपालिकावासी हुन् । उनले शिक्षा संकायअन्तर्गत अर्थशास्त्र, नेपाली विषयमा स्नातक गरेका संसद् सचिवालयको विवरणमा उल्लेख छ । उनी ओली सरकारमा १२औँ वरीयताका मन्त्री हुन् ।

खेलकुदमन्त्री चौधरी
सप्तरी–४ बाट प्रत्यक्ष निर्वाचित तेजुलाल चौधरी १३औँ वरीयताका मन्त्री बनेका छन् । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसबाट मन्त्री बनेका उनको जन्म २०१९ असोज १४ गते भएको हो । शैक्षिक व्यवसायमा समेत संलग्न उनले व्यवस्थापन विषयमा स्नात्तकोत्तर (मास्टर्स) गरेका छन् ।

स्वास्थ्यमन्त्री पौडेल
पहिलोपटक संघीय सांसद रहेका प्रदीप पौडेलले ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका तनहुँका पौडेल काठमाडौं–५ बाट निर्वाचित हुन् । पार्टी महामन्त्री गगनकुमार थापाको कोटामा मन्त्री बनेका उनका निम्ति यो पद नयाँ अनुभव हो । उनले मानविकी संकायअन्तर्गत समाजशास्त्रमा मास्टर्स गरेका छन् । उनी विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । पौडेल ओली नेतृत्वमा १४औँ वरीयताका मन्त्री हुन् ।

कानुनमन्त्री चौरसिया
कांग्रेस सांसद हुन्, अजयकुमार चौरसिया । चौरसियाले ओली नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०२१ माघ १५ गते जन्मिएका उनी प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी पर्सा–२ बाट प्रतिनिधित्व गर्छन् । वर्तमान सरकारमा चौरसिया १५औँ वरीयताका मन्त्री हुन् । मन्त्री चौरसियाले साहित्य विषयमा ग्रेजुएसन गरेका संसद् सचिवालयको विवरणमा उल्लेख छ ।

पर्यटनमन्त्री पाण्डे
कांग्रेसका युवा नेता बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका उनी बाजुरा–१ बाट प्रतिनिधित्व गर्छन् । २०३० फागुन १० गते जन्मिएका पाण्डेले मानविकी संकायमा पीएचडी गर्दै छन् ।

कृषिमन्त्री अधिकारी
कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद रामनाथ अधिकारीले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका छन् । धादिङ–२ बाट निर्वाचित अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०१८ सालमा जन्मिएका अधिकारीसँग यसअघि राज्यमन्त्री भएर काम गरेको अनुभव छ । उनले प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । उनी ओली नेतृत्व सरकारमा १७औँ वरीयताका मन्त्री हुन् ।

शिक्षामन्त्री भट्टराई
विद्यार्थी राजनीतिबाट उदाएर प्राज्ञिक क्षेत्रमा समेत पकड जमाएकी सांसद हुन्, विद्या भट्टराई । पति रवीन्द्र अधिकारीको निधनपश्चात् एमाले राजनीतिमा होमिएकी उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सरकारमा १८औँ वरीयताकी उनी २०२६ साल फागुन ९ गते जन्मिएकी हुन् । उनले मानविकी संकायअन्तर्गत समाजशास्त्रमा एमफिल गरिरहेकी छन् ।

रक्षामन्त्री राई
पहिलोपटक मन्त्री बन्ने मौका पाएका छन्, मानवीर राईले । उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचित सांसद राई २०२७ साल असार ८ गते जन्मिएका हुन् । विद्यार्थी राजनीतिबाटै उदाएका उनले कक्षा–१० सम्मको अध्ययन गरेका छन् ।

ऊर्जामन्त्री खड्का
कांग्रेसको कोटाबाट दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । खड्का संखुवासभाबाट निर्वाचित सांसद हुन् । उनी शशांक कोइरालाको जोडबलमा मन्त्री बनेका हुन् । २०२८ असार १५ गते जन्मिएका खड्काले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनी ऊर्जा क्षेत्रका लगानीकर्ता समेत हुन् । ओली सरकारमा उनी २०औँ वरीयतामा छन् ।

संघीय मामिलामन्त्री
राजकुमार गुप्ता एमालेबाट पहिलोपटक मन्त्री बनेका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकारमा २१औँ वरीयताका उनको जन्म २०२७ चैत २० गते भएको हो । उनी पर्सा–३ बाट निर्वाचित सांसद हुन् । गुप्ताले व्यवस्थापन विषयमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

वनमन्त्री शाही
ओली सरकारमा अन्तिम वरीयताका मन्त्री हुन्, ऐनबहादुर शाही । शाही कांग्रेसको टिकटमा मुगुबाट निर्वाचित सांसद हुन् । उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०२६ साल माघ १५ गते जन्मिएका उनले शिक्षण पेसा र त्यसैमा आबद्ध भएर पार्टी राजनीति गरेका थिए । उनले शिक्षाशास्त्र/राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro