site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट सन्तुलित छ, आलोचना त जे गरे पनि हुन्छ : प्रधानमन्त्री

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट सन्तुलित भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै ओलीले सन्तुलित विकास हुने गरी बजेट ल्याइएको दाबी गरे ।

“सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको कुरामा विशेष जोड दिन चाहन्छु । भौगोलिक, क्षेत्रगत, विषयगतरूपमा आवश्यकता र सन्तुलनका आधारमा देशको सन्तुलित विकास हुने गरी बजेट ल्याइएको हो,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले बजेटमा जसो गरे पनि आलोचना र टिप्पणी हुने बताए । “बजेट यहाँमात्रै होइन, कहीँ पनि सर्वसम्मति भएको र सबै माननीय सन्तुष्ट भएको, हाम्रो जस्तो माननीयहरू र बजेटको सम्बन्ध सम्पर्क नरहेका देशमा पनि मैले भेटेको छैन । आलोचना, टिप्पणी त जसो गरे पनि हुन्छ,” उनले भने ।

उनले विकास धेरै ठाउँमा चाहिएको र बजेट कम रहेको बताए । उनले माग र आपूर्तीबीचको असन्तुलन पैदा भएको विषयमा भने ध्यान दिइने बताए ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्