site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुद मन्त्रालयलाई उत्कृष्ट बनाउँछु : मन्त्री चौधरी

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन् । 

सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए । सबैले खेलाडीलाई प्रोत्साहन गर्न जरुरी रहेको उल्लेख गरे । 

युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरू आएको बताए । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि उनको भनाइ थियो । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा जथाभावी लगानी गर्नेकुरा अब नहुने स्पष्ट पारे । 

"हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौँ । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौँ । हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ," उनले भने । 

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro