site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको प्राथमिकतामा राजनीतिक स्थिरता : गृहमन्त्री लेखक

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारले राजनीतिक स्थिरतालाई प्राथमिकतामा राखेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा पदबहालीका क्रममा लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्न संविधानको समीक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।

"अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा जुन शिथिलता, संकुचन देखा परेको छ, अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने । संविधानको समीक्षा गर्ने, मूल्याङ्कन गर्ने," उनले भने ।

गृहमन्त्री लेखकले गृहमन्त्रीको रूपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने विषयमा केन्द्रित हुने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro