site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हत्या प्रयासको भोलिपल्टै पार्टीको सम्मेलनमा पुगे ट्रम्प

विस्कन्सिन । आफ्नो हत्या प्रयास गरिएको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन विस्कन्सिनको मिलाउकी पुगेका छन् ।

शनिबार पेन्सिलभानियामा आयोजित चुनावी र्‍यालीका क्रममा उनको हत्या प्रयास गरिएको थियो । घटनापश्चात् सामान्य उपचारपछि उनी न्यु जर्सीस्थित आफ्नो घर गएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि उनी पार्टीको सम्मेलनमा भाग लिन गएका हुन् । पेन्सिलभानियाको घटनामा उनको कानमा गोली लागेको थियो ।

पार्टीको सम्मेलनमा जानुअघि ट्रम्पले सोसल मिडियामा दुई दिन ढिला मात्र सम्मेलनमा जाने विचार गरेको भए पनि सम्भावित हत्यारा वा सुटरलाई आफ्नो तालिका बलजफती परिवर्तन गर्ने अनुमति नदिने निर्णय गरेको बताएका थिए ।

कार्यक्रममा आफ्नो भावी उपराष्ट्रपतिमा उनले कसलाई उमेदवार चयन गर्छन् भन्ने विषयलाई बढी चासोका साथ हेरिएको छ । उनी कार्यक्रममा गए पनि सम्मेलनको अन्तिम दिन आउँदो बिहीबार मात्र बोल्नेछन् ।

उक्त कार्यक्रममा करिब ५० हजार मानिस उपस्थित हुने अनुमान गरिएको छ । सम्मेलनबाट राष्ट्रपति पदका उमेदवारलाई औपचारिक रूपमा अनुमोदन गरिनेछ ।

डेमोर्क्र्याटिक पार्टीको सम्मेलन भने अर्को महिना शिकागोमा हुने तय छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्