site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले दिए ब्रिक्सको नीतिमा आबद्ध देशमाथि अतिरिक्त १० प्रतिशत कर लगाउने धम्की
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशको अमेरिकाविरोधी नीतिमा आबद्ध राष्ट्रमाथि १० प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका छन् । अमेरिकाविरोधी ब्रिक्सको कुनै विशिष्ट नीतिबारे के हो भन्नेबारे विस्तृत विवरण भने ट्रम्पले उल्लेख गरेनन् ।

ट्रम्पले यो घोषणा ब्राजिलको रियो दी जेनेरियोमा समूहको बैठक चलिरहेका बेला गरेका हुन् । समूहका नेताले जुलाई ६ मा जारी संयुक्त वक्तव्यमा ट्रम्पको व्यापक कर नीतिलाई निसाना बनाएका छन् । ब्रिक्स देशले ट्रम्पको कर नीतिलाई अन्यायपूर्ण एकल संरक्षणवादी उपाय भन्दै चेतावनी दिएका छन् ।

अमेरिका प्रत्यक्ष उल्लेख नगरी नेताहरूले एकल र गैरकर उपायको वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे । र, त्यो विश्व व्यापार संगठन नियमसँग मेल नखाने, व्यापार प्रतिबन्धात्मक कार्यको विस्तारले विश्व अर्थतन्त्रलाई बाधा पुर्‍याउने र विद्यमान आर्थिक असमानतालाई अझ खराब बनाउने चेतावनी दिए ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्