site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
फाइल तस्बिर ।

काठमाडौं । नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । सोमबार (असार २३) अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशलबीच दुई मैत्रीपूर्ण खेल तय भएको जनाएको छ ।

एन्फाका अनुसार, दुवै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा मान्यताअनुसार सञ्चालन गरिनेछ । खेल आउँदो भदौ २१ र २४ गते हुने तालिका छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले एएफसी एसियन कप छनोटको पूर्वसन्ध्यामा बंगलादेशसँग खेल्न लागेको हो । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै मलेसिया, भियतनाम र लाओस छन् ।

समूह चरणमा नेपाल दुई खेल खेलिसक्दा पनि अंकविहीन छ । नेपाल पहिलो खेलमा मलेसियासँग ३–१ ले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा लाओससँग २–१ ले हारेको थियो । 

नेपालले अब अन्तिम खेलमा भियतनामको सामना गर्नेछ । खेल आउँदो अक्टोबर ९ मा हुनेछ । छनोटका सम्पूर्ण खेल ‘होम एन्ड अवे’को आधारमा आयोजना गरिन्छ । समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा एएफसी एसियन कप खेल्नेछ । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्