site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिकाको ‘हाफटाइम ब्रेक’ २५ मिनेटको हुने, कोलम्बियाका प्रशिक्षकले गरे आलोचना

काठमाडौं । कोपा अमेरिका–२०२४ फाइनलको ‘हाफटाइम ब्रेक’ २५ मिनेटको हुने भएको छ । फाइनलको हाफटाइममा चर्चित कोलम्बियन गायिका साकिराले सांगीतिक प्रस्तुत दिने भएपछि ब्रेक करिब २५ मिनेटसम्म लम्बिने दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)ले जनाएको छ ।

कन्मेबोलको यो निर्णयप्रति फाइनल पुगेको कोलम्बियाका प्रशिक्षक नेस्टोर लोरेन्जोले आलोचना गरेका छन् । कन्मेबोलको यो निर्णयबाट खेलाडीको फिटनेसमा समस्या देखिन सक्ने भन्दै लोरेन्जोले असन्तुष्टि जनाएका हुन् ।

“प्रस्तुतिका बारेमा – आशा छ, सबैले खुसियाली मनाउनेछन् । साकिरा उत्कृष्ट कलाकार हुन् । मैले आज थाहा पाएँ । मलाई लाग्छ, यो खेल अन्यजस्तै हुनुपर्छ, नियमानुसार १५ मिनेट हाफटाइम भएको,” उनले भने, “हामी १६औँ मिनेटमा मैदान जाँदा जरिवाना तिर्न लगाइन्छ । तर, अहिले यहाँ एक प्रस्तुति छ र हामी २० वा २५ मिनेट बाहिर रहनेछौँ । यसले खेलाडीलाई असर गर्नेछ । उनीहरू आरामको स्थितिमा आइपुग्नेछन् र रिकभरीको यो समयले हाम्रो ड्रेसिङ रुमलाई कति असर गर्नेछ भन्नेबारे हामी पूर्ण जानकार छौँ ।”

कोपा अमेरिको–२०२४ को फाइनलमा सोमबार साविक विजेता अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समयानुसार बिहान ५ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro