site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्र मन्त्रालयनिकट रहेर काम गर्न प्रयत्न गर्नेछु : श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । निवर्तमान उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूले परराष्ट्र मन्त्रालयनिकट रहेर काम गर्ने बताएका छन् । आइतबार अपराह्न मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउन पनि उक्त मन्त्रालयको निकट रहेर काम गर्न आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरे । उनले आफूले नयाँ बन्ने परराष्ट्रमन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताए । ‘भोलेन्टियर’का रूपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसमक्ष निवेदन हाल्न चाहेको उनको भनाइ थियो ।

उनले परराष्ट्र नीतिका पक्षमा आफूले सदैव सम्बन्धित पक्षसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताए ।

निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको जिकिर गरे ।

निवर्तमान उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ पढ्नोस्–
परराष्ट्र मन्त्रालयसँग त म अन्तरंग निकट रहन्छु, ताकि परराष्ट्र मन्त्रालयले परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाओस् । परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाओस् । कूटनीतिक अभ्यास सही ढंगले गरोस् । त्यसको निम्ति आफ्नो तर्फबाट तपाईंहरूसँग निकटमा रहेर छलफल गर्ने र समाधानका प्रयत्नहरू गर्ने । यसलाई उन्नतस्तरको संसारको अहिलेको आवश्यकतालाई मिट गर्न सक्ने परराष्ट्र मन्त्रालयको रूपमा विकसित गर्ने काममा म तपाईंहरूको साथमा रहनेछु । मैले त भनेको पनि थिएँ– अर्को मन्त्री जो आउनुहोला, एउटा निवेदन त मैले हाल्नुपर्लाजस्तो छ, मलाई भोलेन्टियर भए पनि, सल्लाहकार भए पनि बनाउनु न केही समयका लागि । पूरै समय त म दिन सक्दिनँ । मान्छे के–के गर्ने तपाईं गर्नुस्, सिस्टम स्थापित गरिदिन्छु भन्ने पनि हुन्छ । तर, केही कामहरू छ यो मन्त्रालयको, त्यसलाई पूरा गर्न मलाई तपाईंको भोलेन्टियर बनाउनु न भन्न मलाई मन लागिरहेको छ । त्यसरी भने पनि नभने पनि म यो कामहरूलाई पूरा गर्न दृढतापूर्वक राज्यको सबै पक्षहरूसँग छलफल, संवाद, अन्तरक्रियामा हुनेछु । त्यसको निम्ति मेरो सधैँ प्रयत्न रहनेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro