site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्रिटिस कलेजले किन्यो क्यानडाको १२५ वर्ष पूरानो मेरिटाइम बिजनेस कलेज

काठमाडौं । काठमाडौंमा रहेको ब्रिटिस कलेजको मुख्य कम्पनी ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको १२५ वर्ष पूरानो एक कलेज अधिग्रहण गरेको (किनेको) छ ।

ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको नोभा स्कोटियामा अवस्थित निजी मेरिटाइम बिजनेस कलेज (एमबीसी) खरिद गरेको बताएको छ ।

Dabur Nepal
NIC Asia

सन् १८८९ मा स्थापित कलेजले विकाससिल रोजगार बजारमा शैक्षिक उत्कृष्ठता प्रदान गर्दै आएको बताइएको छ ।

उक्त कलेजले शिक्षा मन्त्रालयको डेसिग्नेटेड लर्नि इन्स्टिच्युट (डीएलआई)को मान्यता पाएको ब्रिटिस एजुकेसन ग्रुपले जनाउको छ ।

यो कलेजमा अन्तर्राष्टिय विद्यार्थीसमेत भर्ना हुनसक्छन् । ग्रुपका सीईओ राजन कँडेलले नेपाल, दुबई र लन्डनमा रहेका क्याम्पससँगै अब क्यानडाबाट एकआपसमा क्रेडिट साटासाट गर्न सहज हुने बताएका छन् ।

उनले आफ्ना विद्यार्थी र नागरिकलाई वैश्विक एक्सपोजर दिने र वैश्विक नागरिक बनाउनेतर्फ अघि बढिरहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro