site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेश : आर्थिक विधेयक सर्वसम्मतिले पारित

जनकपुर । मधेस प्रदेशसभाको शनिबारको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ । 

मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करका विषयमा समीक्षा समेत गर्न नसकिएको बताए । उनले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञसँग परामर्श गरेर अगाडि बढ्ने जानकारी गराए ।

शनिबार बैठकमा छलफलका क्रममा उठाइएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत् राखेको बताए ।

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामआशीष यादवले जनतालाई समस्यामा पारेर कुनै प्रकारको कर लगाउन उचित नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro