site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणीमा दुई शव फेला
फाइल तस्बिर : रासस ।

नवलपुर । नारायणी नदी किनारमा शनिबार दिउँसो दुई शव भेटिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७, गैरीस्थित नारायणी नदीमा दुई पुरुषको शव फेला परेको हो ।

नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो करिब ३ः३० बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

नदीले बगाएर ल्याएको अन्दाजी २५–३० वर्षको पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी गराएपछि प्रहरी त्यहाँ पुगेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटिएको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।

पहिलो भेटिएको भन्दा करिब १० फिटको दूरीमा अन्दाजी १८–२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

शव चितवनको भरतपुर महानगरपालिका–२७, सिमलतालमा पहिरोका कारण शुक्रबार बेपत्ता बसका यात्रुको हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro