site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दाबी पेस

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । आज नै  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएको थियो । संविधान संशोधनसहितको एजेन्डा राखेर दुई दल सरकार बनाउन सहमत भएका थिए ।

449151526_988078859677716_7020982796400175669_n-1720801728.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro