site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आईएमई बैंकको निक्षेप पाँच खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । ग्लोबल आईएमई बैंकको निक्षेप पाँच खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप पाँच खर्ब एक अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आईएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्रान्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको हो ।

ग्लोबल आईएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आईएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आईएमई बैंकको पाँच खर्ब रुपैयाँभन्दा बढि निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए ।

“निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रा लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवाहरू प्रदान गर्न थप प्रेरणा दिनेछ,” उनले भने, “हामीले यो उपलब्धिलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ क्षेत्रको उपलब्धिको रूपमा लिएका छौँ ।”

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ११ सयभन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro