site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपेन्द्र यादव भन्छन्– प्रचण्डलाई विश्वासको मत दिँदैनौँ, नजन्मिएको सरकारबारे कसरी निर्णय गर्ने ? 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

बिहीबार बाह्रखरीलाई प्रतिक्रिया दिँदै उनले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलले विश्वासको मत नदिने बताएका हुन् । “प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदैनौँ । विपक्षमा मतदान गर्छौँ,” उनले भने । 

अध्यक्ष यादवले नयाँ बन्ने सरकारको विषयमा अहिले निर्णय गर्न हतारो हुने बताए । उनले नजन्मिएको कांग्रेस–एमाले सरकारको विषयमा निर्णय गर्ने समय नआएको जानकारी दिए । “नयाँ सरकारका विषयमा निर्णय गर्न सरकार जन्मेकै छैन । कसलाई समर्थन गर्ने र ?,” उनले भने, “यस विषयमा हामी आवश्यक समयमा निर्णय गर्छौँ ।” 

असार १७ मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । सोही निर्णय बमोजिम असार १९ मा एमालेले सरकार छाडेको थियो । त्यसपश्चात् संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले शुक्रबार पाँचौँपटक विश्वासको मत फेस गर्दै छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro