site stats
बाह्रखरी :: Baahrakhari
देश
बकैयाको जलसतह सतर्कता तह पार
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । मकवानपुरमा बकैया नदीको जलसतह सतर्कता तह पार भएको छ । बकैया नदी जुरेलीबजार केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीको बहाव बढ्दो क्रममा छ । बकैया नदीको बारासम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“असार २७, बिहान ११ बजे । मकवानपुरस्थित बकैया नदी जुरेलीबजार केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा बकैया नदीको बारासम्मकै तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्