site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अस्ट्रिया पुगेर मोदीले भने– भारतले विश्वलाई बुद्ध दियो, युद्ध होइन 
तस्बिर : एएनआई ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली राष्ट्र अस्ट्रिया पुगेर भारतले विश्वलाई शान्तिका दूत बुद्ध दिएको बताएका छन् । अस्ट्रियाको भियनामा भारतीय समुदायमाझ उनले विश्वलाई भारतले बुद्ध दिएको जिकिर गरेका हुन् ।

सम्बोधनका क्रममा मोदीले भने, “हजारौँ वर्षदेखि हामी आफ्नो ज्ञान र विशेषज्ञता बाँड्दै आएका छौँ । हामीले ‘युद्ध’ दिएनौँ, हामीले विश्वलाई ‘बुद्ध’ दिएका छौँ । भारतले सधैँ शान्ति र समृद्धि दिएको छ ।”

यसैकारण भारत पछिल्ला दिन शक्तिशाली बन्दै गएको उनको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको तीनदिने भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्किएका छन् । उनी रुस हुँदै अस्ट्रिया गएका थिए । उनको रुस भ्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आलोचना गरेका थिए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro