देश
लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए ।
सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए । रासस
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १३:५२
प्रतिक्रिया दिनुहोस्