site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै, सरकारमा जाने मन्त्रीहरूका विषयमा छलफल हुने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक  बिहान ११ बजे बस्नेछ । 

सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा यही असार २८ गते विश्वासको मत लिँदै छन् । उनले मत पाउने सम्भवना देखिँदैन ।

सरकार ढलेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेको छ । सोहीअनुसार सरकारमा जाने मन्त्रीहरूका विषयमा सचिवालय बैठकमा छलफल गर्ने तयारी छ ।

यस्तै, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी छ । फरक भूगोलको जिम्मेवारी हटाएर घरपायक जिम्मेवारी दिने तयारी गरिएको जनाइएको छ । यस विषयमा पनि बैठकमा छलफल हुने एमाले नेताहरूले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्