अर्थ व्यवसाय
काठमाडौं । वैदेशिक रोजगार विभागले ५८४ वटा म्यानपावर कम्पनीको दर्ता खारेज गरेको छ ।
दर्ता खारेजमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउनेसम्बन्धी कार्य गर्न नपाउने विभागले जनाएको छ । विभागले उक्त निर्णय आइतबार लिएको हो । नियमअनुसार वैदेशिक रोजगारीमा नपठाउने कम्पनीलाई कारबाही गरिएको हो ।
“यसरी बन्द भएका तथा कारोबार रोक्का भएका संस्थाहरूले वैदेशिक रोजगारीमा पठाउनेसम्बन्धी कार्य गर्न नपाउने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,” विभागले भनेको छ ।
विभागले दर्ता खारेज गरेका म्यानपावर कम्पनी यसप्रकार छन् :
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ १८:३९
प्रतिक्रिया दिनुहोस्