site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वर्ल्डलिंकको ‘बिट द स्पीड’ अभियान : प्रदीप जैसवाल बने सबैभन्दा तीव्र गतिका बलर 

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान)को सहकार्यमा ‘बिट द स्पीड’ नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । 

दुई महिना लामो यो अभियान यसै वर्षको वैशाख २१ गतेदेखि सुरु भएको थियो । अभियानले नेपालका १८ सहरहमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो । नेपालका १८ सहरबाट उत्कृष्ट सात खेलाडीलाई काठमाडौंमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि ल्याइएको थियो । 

Dabur Nepal
NIC Asia

उनीहरूले नेपाल ‘ए’ टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिवि  अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए । अन्तिम चरणको प्रतिस्पर्धामा सात प्रतियोगीले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए । 

निर्णायकहरूले खेलाडीको दौडने शैली, बल फ्याक्ने शैली र गति जस्ता पक्षहरूको मूल्यांकनबाट विजेता छानेका हुन् । यस प्रतिस्पर्धामा १२५ किमी प्रतिघण्टाको नयाँ कीर्तिमान बनाउँदै प्रदीप जैसवाल प्रतियोगिताको विजेता बने । 

सन्देश थापा र राहुलकुमार यादवले क्रमशः १२२ किमी प्रतिघण्टा र १२१ किमी प्रतिघण्टाको गतिसहित दोस्रो र तेस्रो भए । भावी सम्भावनाको पहिचान उदेश्यसहितको उदीयमान प्रतिभाको रूपमा रवि दमाई नगद पुरस्कारसहित सम्मानित भए । 

अभियानका विजेता प्रदीपले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारतस्थित चेन्नाईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् । समापन समारोहमा वर्ल्डलिंकका मार्केटिङ प्रमुख नेन्जिन छोगेलले अभियानले पाएको सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित बनेको बताए । “हामी ‘बिट द स्पीड’मा प्राप्त भव्य प्रतिक्रियाबाट अत्यन्तै उत्साहित छौँ,” मार्केटिङ प्रमुख छोगेलले भने, “यो पहल क्यानको सहयोग बिनासम्भव थिएन, र हामी आगामी वर्षहरूमा थप प्रतिभा पत्ता लगाउन र उनीहरूको विकासमा सहयोग पुर्‍याउन उत्साहित छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro