site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले एमाले अध्यक्ष ओलीसँग माग्यो गठबन्धन तोड्नुको कारण 
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले गठबन्धन तोडेर सरकार अल्पमतमा पारिनुको कारण माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पछिल्लो गठबन्धन के कारणले तोडेको हो त्यसको जवाफ दिन माग गरे । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो भन्दै प्रश्न गरे । “प्रश्न गर्नुपर्छ, केपी ओलीलाई । यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो । अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो ? पछिल्लो समय के कारणले हामी बीचको समीकरण तोडियो ? यो त जवाफ दिनैपर्छ,” उनले बैठकमा भने । 

Dabur Nepal
NIC Asia

उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नगर्नाले वा बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर थप प्रश्न गरे । “के धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सकिएन त्यसकारण सहकार्य टुट्यो ? भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतीक थापाको गिरफ्तारी भयो । त्यही कारणले सहकार्य टुट्यो ? जवाफ त दिनैपर्छ,” उनले भने । 

चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै त्यस्तो गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिए । “संविधान संशोधनसँग जोडिएर सहमति भएको विषयवस्तु उठेका छन्, संविधान संशोधन त्यतिबेला गर्न पाउनुहुन्छ, जतिबेला तपाईंहरूले निर्वाचनमा चुनावी घोषणापत्रमा संविधान संशोधनका मुद्दा राख्नुपथ्र्यो । जनतालाई झुक्याउने ?,” उनले भने । 

सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संविधान संशोधन गर्न सकिने बताए । साथै, उनले कांग्रेस र एमालेका बीचमा भएको भनिएको सहमति बदनियतपूर्ण र प्रतिगामी भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu