site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूरै ३० दिन लिनुस्, तर सदनप्रति उत्तरदायी भइदिनुस् : रमेश लेखक 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरू सदनप्रति उत्तरदायी नभएको बताएका हुन् ।

अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन उनले आग्रह गरे । उनले कञ्चनपुरमा वर्षाका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सदनमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । “हिजो पनि माननीयज्यूहरूले भन्नुभयो– सरकार विश्वासको मत लिने तयारी गरेको छ । संविधानानुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ,” उनले भने, “सरकारले पूरै ३० दिन लियोस्, २१ दिन थपे पनि भयो, केही समस्या भएन । तर, सरकार हुन्जेल सदनप्रति उत्तरदायी हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro