site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमब्याकको प्रयासमा अरुणिमा  

काठमाडौं । नायिका अरुणिमा लम्साल दश वर्षपछि अभिनयमा फर्किने प्रयास गरिरहेकी छन् । ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजमार्फत उनी अभिनयमा फर्किन लागेकी हुन् । 

उनले यो वेब सिरिजको छायांकन थालेकी छन् । छायांकन अमेरिकामा भइरहेको छ । यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् ।  

सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् ।

सिचुएसनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताएका प्रेस नोटमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro