site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
असार २८ गतेसम्म मन्त्रालय भागबन्डाको टुंगो लगाउँछौँ : महेश बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबन्डाको विषय टुंगो लागिनसकेको बताए ।

Argakhachi Cement Island Ad

उनले कांग्रेससँग प्रारम्भिक छलफल भए पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डा टुंगो लगाउने बताए ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुंगो लगाउने गरी कांग्रेससहितका दलहरूसँग छलफल हुने बताए ।

"प्रधानमन्त्रीजीले तत्कालै आज भोलि नै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नुभयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ । अन्यथा, (असार) २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबन्डाको बारेमा हामी टुंगो लगाउँछौँ । अहिले चाहिँ केही छलफल भएको छैन," बर्तौलाले भने ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्