देश
काठमाडौं । लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।
उत्पत्यकाका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । खोलानजिकका बस्तीहरु डुबानमा परेका छन् ।
ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालय र च्यासल खेल मैदानमा पानी छिरेको छ ।
यस्तै, काठमाडौंको बल्खु आसपास क्षेत्र पनि डुबानमा परेको छ ।
उपत्यकाका गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शंखमूल, मनोहरा, धोबीखोला, जडीबुटी, मनोहरा खोला तथा पशुपतिसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको जनाइएको छ । हिमालयन टेली भ्वाइस
भिडियो हेर्नोस्–
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १५:२७
प्रतिक्रिया दिनुहोस्