राजनीति
काठमाडौं । सहकारी ठगी प्रकरणमा छानबिनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा न्यायाधीशको राय बाझिएको छ ।
न्यायाधीश सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा यही असार ७ देखि हेर्दाहेर्दैमा राखिएको रिटमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि पूर्ण इजलासमा जाने भएको छ ।
रिटमा मन्त्री लामिछानेसँगै महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय मल्ल र सुवेदीबीच राय बाझिएको हो ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १९:४३
प्रतिक्रिया दिनुहोस्