site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ : उपाध्यक्ष पौडेल
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्ने बताएका छन् । 

बिहीबार रूपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माणमा योगदान दिने, विद्यार्थीको चाहना पूरा हुनेगरी काम नयाँ बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हुने सरकारले गर्ने जिकिर गरे । 

नयाँ बन्ने सरकारले स्वभाविक रूपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने उल्लेख गरे । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्