राजनीति
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पुराना दलले फैलाएको सहकारीको भ्रमलाई चिर्न नसकिएको उल्लेख गरेका छन् ।
बिहीबार कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक गरेको प्रतिवेदनमा ग्राउन्डस्तरसम्मै सहकारीसम्बन्धी भ्रम फैलिएको उल्लेख छ ।
सबैभन्दा बढी इलाममा यो भ्रम स्थापित गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । इलाममा सहकारीको भ्रम स्थापित गर्न पुराना दलहरूले सबै तिकडम अपनाएको प्रतिवेदनमा उल्लेख छ ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनी गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको पैसा टीभी सञ्चालन गर्न ल्याएको आरोप छ ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १७:११
प्रतिक्रिया दिनुहोस्