site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक अस्थिरताले चुस्त काम गर्न सकिएन : मन्त्री जोशी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले मन्त्रालयका सबै काम चुस्त ढंगले गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्तासमीकरणका निम्ति समझदारी भएसँगै उनले यस्तो बताएका हुन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि कठिन भएको जिकिर गरे । उनले आफूले निजामती सेवा ऐनसम्बन्धी विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरूसँग प्रयास गरेको बताए ।

Dabur Nepal
NIC Asia

मन्त्री जोशीले कर्मचारीको सरुवा छिटोछिटो हुने अवस्था अन्त्य गर्न आफूले सक्दो पहल गरेको सुनाए ।

राष्ट्रियसभा बैठकमा मन्त्री भानुभक्त जोशीको भनाइ पढ्नोस्–
राजनीतिक अस्थिरताले होला, हामीले पनि राम्रोसँग काम गर्न नसकेको कुरा पनि राख्न चाहन्छु । हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरुस्त ढंगले गरेका छौँ भन्ने अवस्था पनि छैन, किनभने यो अस्थिरताले यस्तो समस्या सिर्जना गर्दो रहेछ । तापनि, कर्मचारीहरूको रूपान्तरणका लागि संघीय निजामती सेवा विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलको क्रममा छ । हामीले सोचेका थियौँ, यसलाई अझ बढ्ता महत्त्व दिएर, संघीय निजामती सेवा ऐनलाई बढी महत्त्व दिएर यसलाई चाँडोभन्दा चाँडो निकास दिने भनेर मैले पनि राज्यव्यवस्था समितिका सभापतिसँग अनुरोध गरेको थिएँ । सबै राजनीतिक दलका प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर, यो ऐन नआउँदा अहिले पनि प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा पनि समस्या छ । त्यसैले यसलाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्‍यो भनेर सबै दलको प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर चाँडो निकास दिनका लागि पहल गरेँ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro