site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रीय समिति टुंगो लगाउँदै जसपा नेपाल 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको नामावली टुंगो लगाउने भएको छ । पार्टीको जेठमा आयोजित महाधिवेशनले केन्द्रीय समिति सर्वसम्मत चयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा लगाएको थियो ।

सोही अनुसार २०१ सदस्यीय केन्द्रीय समिति टुंगो लगाइने बताइएको छ । महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय समितिको संख्या बढाउने निर्णय गरेको हो । यसअघि पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था थियो । 

जसपा नेपालको महाधिवेशनबाट अध्यक्षमा यादव निर्विरोध निर्वाचित भएका थिए । अन्य पदमा भने उमेदवारी परेको थियो । जसअनुसार एक सहअध्यक्ष पदका लागि तीनजनाले उमेदवारी दर्ता गराएका थिए ।  

त्यस्तै, पाँच उपाध्यक्ष पदका लागि २३ जनाको उमेदवारी परेको थियो । दुई महासचिवका लागि ६ जना र तीन उपमहासचिवका लागि १३ जनाले उमेदवारी मनोनयन दर्ता गरेका थिए । सात सचिव पदका लागि ३४ जना र एक कोषाध्यक्षका लागि तीनजनाको उमेदवारी परेको थियो । 

निर्वाचनले पार्टीलाई नोक्सान पुर्‍याउने देखिएपछि निर्वाचन प्रक्रिया स्थगित गरी महाधिवेशन हलबाट समिति टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो । पार्टीले महाधिवेशनबाट भए गरेका निर्णयको जानकारी निर्वाचन आयोगलाई गराउने तयारी गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro