site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
एएनए सम्मेलन स्यानफ्रान्सिस्कोमा हुने 
Siddhartha BankSiddhartha Bank

क्यालिफोर्निया
 । अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था ‘एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज’ (ए.एन.ए)को राष्ट्रिय सम्मेलन आगामी जुलाई १९-२१ मा क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को बे एरियामा हुने भएको छ । 
सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गर्ने तय भएको छ । गत मे महिनामा बसेको एएनएको कार्यसमितिको बैठकले यस राष्ट्रिय सम्मेलन स्यानफ्रान्सिस्को बे एरियामा सम्पन्न गर्ने निर्णय गर्दै उपाध्यक्ष क्रान्ति  अर्याललाई सर्वसम्मत रुपमा कन्भेनर चयन गर्दै भण्डारीको संयोजकत्वमा १ सय ५ सदस्यीय आयोजक समिति बनाएको  थियो।

सन १९८३ मा स्थापना भएको एएनएको इतिहासमा महिला कन्भेनर भएको यो पहिलो  पटक हो ।  त्यसो त उपाध्यक्ष अर्याल ग्लोवल कम्पनी ‘साप’को उच्च तहमा रहेर काम गरिरहेकी नेपाली महिला हुन् ।  

Agni Group
NIC Asia

एएनए सम्मेलनलाई ब्यवस्थित बनाउन थप ९ वटा उपसमितिहरु गठन गरिएको र सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बनाइएको छ ।  सम्मेलन बर्कलीको एडल्ट स्कुल र एम्रिभिलस्थित होटल सोनेस्थामा हुने तय भएको छ । 

हालै गठन गरिएको समितिहरुमा कोष ब्यवस्थापनमा लक्ष्मण अधिकारी, सांस्कृतिक  सुरेन्द्र फोम्वो, संचारमा ईश्वरी न्यौपाने, स्वयंसेवक ब्यवस्थापनमा ध्रुव बस्याल, संघसंस्था  ब्यवस्थापनमा ईश्वर सिटौला, युवा तथा खेलकुद ब्यवस्थापनमा नुरेन बराल,  प्रकाशनमा समितिमा ध्रुव थापा र अतिथि सत्कारमा विश्व भट्ट रहेका छन् ।

Global Ime bank

कन्भेनर  अर्यालले यस पटकको एएनएको सम्मेलन औपचारिकतामा मात्र  सीमित नभई नेपाली डायस्पोराको समस्या, चुनौती र भविश्यको मार्ग प्रशस्त गर्न समेत सहयोगी हुने बताइन् । 

कन्भेनर अर्यालका अनुसार एएनए नेपालीहरुको इतिहास बोकेको ऐतिहासिक संस्था भएकाले यस सम्मेलनमा युथ एवं महिला इम्पावरमेण्ट देखि ब्यापार ब्यावसाय संचालनमा जान्नुपर्ने कानुनी विषय साथै इमिग्रेसनको बर्तमान अवस्था, दोहोरो नागरिकता लगायतका विषयहरुमा सरोकारवालासँग बहसको कार्यक्रम राखिएको छ । 

त्यसैगरि, कार्यक्रममा रक्तदान, नेपाली हस्तकलाको प्रर्दशन र साहित्यिक समारोहको पनि आयोजना गरिनेछ ।

अर्यालका अनुसार कार्यक्रममा व्यावसायिक  विकास र अनुभवको आदानप्रदानको अलावा ‘आर्टिफिसियल इन्टिलिजेन्स’को वारेमा पनि बहस र छलफल गरिनेछ ।  तीनदिन सम्मको सम्मेलनमा अमेरिकाभरबाट झण्डै  ७ सय  मानिसहरुको सहभागिताको अनुमान गरिएको बताइएको छ

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu