site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६० किलो सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा २० प्रतिवादी, ३० अर्ब ८२ करोड बिगो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धान सकाएको छ । ५६ दिन लामो अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जनाकारी दिए ।

सीआईबीले संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गरेको हो । दोस्रो चरणको अनुसन्धानका क्रममा २० जनालाई पक्राउ गरिएको छ । २६ जना अझै फरार सूचीमा छन् ।

सीआईबीले सबै आरोपितबाट ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँ बिगो दाबी गरेको छ । आरोपित समूहले तीन हजार १९४ केजी सुन तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ ।

गत वर्ष साउन २ गते सवारीसाधनको ‘ब्रेक सु’मार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन भन्सार कार्यालय पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । पछि उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पाएको हो । पहिलो चरणको अनुसन्धानमा सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो ।

अनुसन्धानका क्रममा सीआईबीले सोही समूहले रेडी ट्रेडसहित अरू अनेक ‘डमी’ कम्पनी खडा गरी ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य खुलाएको थियो । पहिलो चरणमा पक्राउ परेकामाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको थियो ।

दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीले भारतका सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश वैटे, प्रशान्त गणेश वजवलकार, वैजनाथ ब्रह्मादत्त गोयल र चिनियाँ नागरिक शेरब ग्याल्मा, राजु भोटेलाई पक्राउ गरेको छ ।

यस्तै, नेपाली नागरिक राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रेमनाथ सेढाइँ, कान्छा लामा, भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज शमशेर जबरालाई पक्राउ गरिएको छ ।

चिनियाँ नागरिक अथुप्छाङ खम्पा, भारतका सुशील ज्याकिबन्जा, नेपाली कश्यप मानन्धर, लालबहादुर कुँवर, अरुणकुमार यादव, रुपक भण्डारी र मनोज श्रेष्ठ समेत सीआईबीको हिरासतमा छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro