site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आर्थिक विधेयकमा कांग्रेस सांसदको संशोेधन नै नभेटिएपछि...
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभामा बजेटसँग जोडिएको आर्थिक विधेयकमा छलफल भइरहेको छ । आइतबार छलफल सुरु भएपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आर्थिक विधेयकमा कांग्रेस सांसदहरूले दर्ता गराएको संशोधन नभेटिएको विषयमा प्रश्न उठाए ।

कांग्रेस सांसदहरू आरजु राणा देउवा, दिलेन्द्रप्रसाद बडु र श्यामकुमार घिमिरेले गत शुक्रबार (०८१ असार १४ गते) संशोधन प्रस्ताव दर्ता गरेकोमा आजको कार्यसूचीमा नभेटिएको उनको भनाइ थियो । उनले दर्ता नम्बर ८ मा रहेको रेकर्ड देखाउँदै आजको कार्यसूची र विधेयकमा आएका संशोधनको सूची हेर्दा कांग्रेस सांसदहरूले गराएको संशोधन नभेटिएको बताए ।

“मैले आजको कार्यसूची हेरेँ । विधेयकमा प्राप्त संशोधन पनि हेरेँ । माननीयज्यूहरूले दर्ता गरेका संशोधन यसमा देखिनँ, यस्तो पनि हुन्छ ?,” लेखकले प्रश्न गरे, “भएका संशोधन किन भेटिएनन् ? यो बैठक अहिलेलाई स्थगित गरेर यी संशोधनहरू छन् कि छैनन् ? छैनन् भने किन छैनन् ? संशोधनहरूलाई समावेश गरेर अनि मात्रै बैठक सञ्चालन गर्नुपर्‍यो सभामुख महोदय ।”

Dabur Nepal
NIC Asia

Ramesh-Lekhak--1719745955.jpg

उनले प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले ती सांसदहरूका संशोधन लगानी सहजीकरण विधेयकमा रहेको बताए ।

“उहाँहरूका संशोधनहरू लगानी सहजीकरण विधेयकका लागि आएको खबर छ । यसमा दर्ता भएको कुरा आएन,” सभामुख घिमिरेले भने, “केही मिस्टेक भएको हो वा के भएको हो, त्यो सबै कुरा भन्न त गाह्रो छ । त्यसैले यो आर्थिक विधेयकको छलफलमा सहभागी हुन म माननीयज्यूहरूलाई अनुमति दिन्छु ।”

सभामुखले त्यसो भनेपछि लेखकले पुनः प्रश्न उठाए । “सभामुख महोदय, सभामुखको रुलिङ त अन्तिम नै हुन्छ, हामी ले मान्नै पर्‍यो । तर, नेपाली कांग्रेसलाई आर्थिक विधेयक र लगानी सहजीकरण विधेयककाबीचको अन्तर थाहा नहोला र सभामुख महोदय ?,” उनको प्रश्न थियो ।

उनलाई बीचमै रोकेर सभामुख घिमिरेले आफूले आएको सूचनामात्र सम्प्रेषण गरेको बताए । उनले कांग्रेस सांसदहरूलाई आर्थिक विधेयकको छलफलमा सहभागी हुन फेरि आग्रह गरे । त्यसपछि लेखकले सभामुखको भनाइले अप्ठेरो पर्ने भन्दै सच्याउने प्रयास गरे ।

“मैले अनुरोध गर्न खोजेको म आर्थिक विधेयकै बारेमा निवेदन गर्दै छु । लगानी सहजीकरण विधेयक त आजको विषय नै होइन । आजको कार्यसूचीमा पनि छैन । त्यसमा हाम्रो संशोधन छँदै छ,” लेखकले भने, “आजको कार्यसूचीका विषय भनेको आर्थिक विधेयक २०८१ हो । हाम्रो पार्टीका तर्फबाट चारजना माननीयजीहरूको संशोधन रह्यो । त्यो संशोधन नेपाली कांग्रेस संसदीय दलको कर्मचारी गएर सम्बन्धित शाखामा पुर्‍याउनुभो । दर्ता नम्बर ८ मा दर्ता गरेर उहाँले मलाई कागज दिनुभयो । अब यसमा कांग्रेसले त्यसै यो भन्नुपर्ने कुनै कारण छैन ।”

Parliament-1719745957.jpg

उनले आफूले अब के गर्ने भनेर सभामुखको ध्यानाकर्षण गराएको बताए । “सभामुख महोदय, यो गम्भीर प्रकृतिको त्रुटि हो । यस्तो त्रुटि हुनुहुन्न भन्ने मेरो आग्रह हो । त्यसकारण सभामुखको रुलिङ जे हुन्छ, त्यो त हामी मानिहालौँला, धन्यवाद,” उनले भने ।

लेखकले त्यति भन्दा पनि सभामुख गम्भीर नदेखिएपछि सत्तारूढ दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले पनि सभामुखको ध्यानाकर्षण गराएका थिए ।

“विषय अलि गम्भीर भयो । प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकजीले भन्नुभएको कुरा,  संशोधन दर्ता त लिखितै होला । पाँच–दश मिनेटलाई हाउस रोकेर यदि उहाँहरूले आजकै विधेयकमा संशोधन दर्ता गराएको हो भने त्यो छलफलमा आउनुपर्‍यो,” पन्तले भने, “तर, यदि होइन, त्यो दर्ता गरेको कागजमा आर्थिक विधेयक भन्ने उल्लेख छैन भने हाउस अगाडि जान्छ । त्यसैले प्रमुख प्रतिपक्षले यति गम्भीरताका साथ विषय उठाइसकेपछि त्यो उहाँहरूको लिखतलाई चेक गरेर निष्कर्षमा पुग्नु उचित हुन्छ ।”

त्यसपछि सभामुख घिमिरेले आर्थिक विधेयकमाथि संशोधन राखेको भए त्यसमाथि छलफल गर्ने भन्दै आफ्नो संशोधनसहित छलफलमा सहभागी हुन सक्ने स्थिति बन्छ भने छलफलमा सहभागी बनेर अघि जान अनुरोध गरेका थिए ।

Raghuji-Panta-1719745955.jpg
 

“आर्थिक विधेयकमाथि संशोधन राखेको भए त्यसैमाथि आएर छलफल गर्ने नै हो । माननीयज्यूहरू यहाँ उपस्थित हुनुहुन्छ । तर, यदि आफ्नो संशोधनसहित छलफलमा सहभागी हुने स्थिति बन्छ भने माननीयजीहरू छलफलमा सहभागी बनेर आफ्नो स्रंशोधनहरू पनि पेस गरेर छलफलमा जानका लागि म माननीयजीहरूलाई अनुरोध गर्छु ।”

त्यसपछि संशोधनकर्तामध्येका कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो भनाइ राखे । उनले आफूले ०८१ असार १४ मा संशोधन दर्ता गराएको र दर्ता नम्बर ८ पाएको बताए । उनले पनि आफूहरूको संशोधन छुट्नु गम्भीर विषय भएको बताए ।

“सभामुख महोदय, म संशोधनकर्ता चारजना मध्येएको एक सांसद हुँ । दर्ता नम्बर ८ नै हो र यो संशोधन प्रस्ताव ०८१/०३/१४ मा तोकिएको समयभित्रै दर्ता भएको छ ।”

उनले छलफलमा भाग लिने कुरा र संशोधनकर्ताले लिने/नलिने विषय आफ्नो कुरा भए पनि संशोधन नै छुट्याउने र छलफल जबजस्ती अघि बढाउने कुरा सामान्य नभएको बताए ।

Dilendra-Prasad-Badu-1719745956.jpg

“सभामुख महोदय छलफलमा हामी भाग लिउँला, संशोधनकर्ताले लिउँला/नलिउँला फरक कुरा भयो । तर, त्यो डकुमेन्ट किन मिस भयो ? किन रेकर्डमा आउन सकेन ? यो गम्भीर कुरा भयो,” बडुले भने ।

उनले त्यसरी छुट्याएको वियष खोजिनुपर्ने बताए । “सभामुखज्यूले आफ्नो सचिवालयलाई निरीक्षण गर्नुपर्ने विषय हो । यदि यसो हो भने अबदेखि त कम्तीमा यो त्रुटि दाहोरिनुभएन,” बडुले भने ।

त्यसपछि सभामुख घिमिरेले अगाडि नै के भएको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै फेरि पनि यसमा ध्यानाकर्षण भएको भनेर छलफल अघि बढाए ।

“माननीयज्यू यसमा यसअघि नै मैले ध्यानाकर्षण भएको कुरा राखेकै छु । फेरि पनि यसमा ध्यानाकर्षण भएको कुरा राख्न म चाहन्छु,” सभामुख घिमिरेले भने ।

Prakshasharan-Mahat-1719745956.jpg

त्यसपछि भने सभामुखले विधेयकमाथि बोल्न रोस्ट्रममा उभिएका किरणकुमार साहलाई आसनमा फर्काइदिएका थिए । त्यसपछि सभामुख घिमिरेले संसद्को कार्यसूचीमा नभएका शंसोधनकर्ता आर्जु राणालाई समय दिए । त्यसमा कांग्रेसले विमति जनायो ।

संशोधनकर्तामध्येका डा. प्रकाशशरण महतले आफूले पहिला संशोधन प्रस्ताव पेस गर्ने अनुमति मागेका थिए । उनको प्रस्ताव सभामुखले अनुमति दिँदै प्रस्ताव पेस गर्न दिएपछि बल्ल संसद्को छलफल नियमितरूपमा अघि बढेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu