site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिस्टबीच एकता आवश्यक : ज्ञवाली
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिस्टबीच एकता आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो बताएका हुन् ।

कम्युनिस्ट एकता देशका निम्ति धेरै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे । कम्युनिस्टबीच एकता नभई देश समृद्ध बन्न नसक्ने उनले जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले देशको राजनीति र विशेषताले यहाँका सबै दलहरू मिल्नुपर्ने देखाएको बताए । सबै कम्युनिस्ट राजनीतिक दलको उद्देश्य देशलाई अघि बढाउने भएकाले एक हुन आवश्यक रहेकामा उनले जोड दिए ।

नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिस्ट एकताबद्ध भएर अघि बढे संसारको कुनै तागतले केही गर्न नसक्ने उनको भनाइ थियो ।

Global Ime bank

उक्त कार्यक्रममा युवराज ज्ञवालीको भनाइ पढ्नोस्–
यहाँहरूले जुन प्रस्ताव राख्नुभएको छ कम्युनिस्ट एकताको लागि, त्यो धेरै महत्त्वपूर्ण छ । कम्युनिस्टहरूको बीचमा एकता गर्नुपर्छ । एकताबद्ध नभईकन हुँदैन । कम्युनिस्ट मात्रै होइन, हामी कांग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि  प्राप्त गर्न सकेका छौँ । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरू धेरैभन्दा धेरै मिलेरै काम गर्नुपर्छ । किनभने, हाम्रो देशको जुन भूराजनीतिक अवस्था छ, देशलाई अघि बढाउने सबैभन्दा पहिलो कुरा हो । नेपाली जनताको बीचको एकता, यो देशका राजनीतिक पार्टीहरूबीचको एकता, लोकतान्त्रिक पार्टीहरूबीचको एकता र देशमा सबैभन्दा महत्त्वपूर्ण कुरा कम्युनिस्टहरूबीचको एकता हो । कम्युनिस्टहरूको नेतृत्व सबैलाई युनिफाइड गर्ने र त्यसको नेतृत्व कम्युनिस्टले गर्नुपर्छ । आगामी दिनमा पनि आवश्यक छ । फुटेर होइन जुटेर । हामी मिल्न सके देश अघि बढ्न सक्छ । हामी मिल्न नसके यो देश बर्बाद हुन्छ । जतिसुकै ठूला चुनौती भए पनि हामी नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिस्टहरू एकताबद्ध भएर जाने हो भने संसारका कुनै पनि तागतले केही गर्न सक्दैन । मूल कुरा हामी एकताबद्ध हुन्छौँ कि हुँदैनौँ भन्ने हो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय