site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्– एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन् । शुक्रबार धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा उनले देशका लागि साे प्रयास गरेको बताइन् । 

“तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको,” उनले भनिन्, “मैले एमालेको लागि होइन देशका लागि गरेको । जनतालाई सम्झेर,  राजनीति भनेको राष्ट्रसेवा हो । यो व्यवसाय होइन । समाजसेवा, राष्ट्रसेवा हो ।”

उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गरिन् । उनले ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठूलो घाटा बेहोरेको बताइन् । 

उनले ०५४ सालमा पनि पार्टी विभाजन गर्न नहुने अडान लिएको सुनाइन् । आन्तरिक रूपमा समाधान गरेर अघि बढ्न आग्रह गरेको बताइन् । उनले वामदेव गौतमप्रति लक्षित गर्दै कलंकको टीका नलगाउन आग्रह गर्दा खरानी हुन तयार छु भनेको स्मरण गरिन् । “पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस् भनेको, खरानी हुन तयार छु भन्या । अहिले खरानी भएका छन् । सिंगो दलका नेता हुने मान्छे...,” उनले भनिन् । 

भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै चिन्ता लागेको पनि बताइन् । “जहाँसम्म ०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियाे होला ? राष्ट्रपतिमा प्रस्ताव भएको बेला झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो,” उनले भनिन् । 

उनले त्यतिबेला आफूले राजनीति नगरेको समेत दाबी गरिन् । “यो राजनीति होइन । यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ । एजेन्सी खेल्ने । पार्टी नफुटाउभन्दा राजनीति हुने ? मैले थाहा पाएरै गरेको हुँ,” उनले भनिन् । 

भण्डारीले पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले नमानेको स्मरण गरिन् । “खुट्टा समातेर ढोग्नचाहिँ सकिएन । धेरै अनुरोध गरेर भोलिका दिनमा यसरी जानुपर्छ भनेँ । तर, आफ्ना विपक्षसँग साँठगाँठ गरे,” उनले भनिन् । आत्मकेन्द्रित घटनाका कारण पार्टी विभाजन भएको उनको भनाइ छ । 

उनले गएको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गरेर देखाइदिएको बताइन् । “०७९ को निर्वाचनमा एमाले एक्लै भयाे। अरु सबै एकातिर भएर पौँठेजोरी खेले । तर, एमालेले देखाइदियो,” भण्डारीले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro