site stats
बाह्रखरी :: Baahrakhari
कला
तीन हप्तामा ‘गाउँ आएको बाटो’ले कति गर्‍यो कलेक्सन ?

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ आजबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । जेठ २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र आजबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको हो । 

यो भन्दा पछाडि प्रदर्शनमा आएका चलचित्र हलबाट उत्रिसके पनि ‘गाउँ आएको बाटो’लाई दर्शकले साथ दिइरहेका छन् । राम्रो हाइप बनाएका र फेस भ्यालु भएका कलाकार रहेका चलचित्र हलबाट उत्रिसके पनि ‘गाउँ आएको बाटो’ प्रदर्शनरत छ । 

तीन हप्तामा यो चलचित्रले नेपाली बक्सअफिसमा दुई करोडको हाराहारीमा ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्ड बक्सअफिस स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ । दुई करोड ग्रसकलेक्सन मात्र हो । डिजिटल राइट्स र इन्टरनेसनल राइट्स बक्सअफिस कलेक्सन बाहिर पर्छ । 

‘गाउँ आएको बाटो’ तीन करोडमा लगानीमा निर्माण भएको चलचित्र हो । 

नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र प्रशन राई मुख्य भूमिकामा छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्