site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘गाउँ आएको बाटो’मा ३५ जनाको लगानी 

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ सामुदायिक लगानीमा बनेको पहिलो नेपाली सिनेमा हो । राई समुदायको कथामा बनेको यो चलचित्रमा राई समुदायका व्यक्तिहरूको लगानी रहेको छ । 

देश तथा विदेशमा बस्ने राई समुदायले यो चलचित्रमा लगानी गरेका छन् । चलचित्रको क्रेडिट लाइनमा निर्माताको नाम आमोद राई र नवीन सुब्बा रहे पनि अन्य लगानीकर्ता पनि छन् । नेपालमा सामुदायिक लगानीमा पहिलोपटक चलचित्र बने पनि विश्वका धेरै देशका लागि भने यो नयाँ ‘कन्सेप्ट’ होइन । 

Dabur Nepal
NIC Asia

“हाम्रोमा यो कन्सेप्ट नयाँ भए पनि विश्वका धेरै देशमा भने यही कन्सेप्टमा चलचित्र बनिसकेका रहेछन् । विशेषगरी आदिवासीहरूले आफ्नो समुदाय र संस्कृतिको विकास र प्रवर्द्धनका लागि यसरी चलचित्र बन्दारहेछन्,” निर्माता आमोद राई बाह्रखरीसँग भन्छन्, “हामीलाई निर्देशक नवीन सुब्बाले यो कन्सेप्टमा अभ्यास गरौँ भन्नुभयो र हामीले सामुदायिक लगानीमा सिनेमा बनायौँ ।” 

पहिलोपटक यस्तो अभ्यास गरेकाले सुरुका दिनमा केही चुनौती भए पनि पछि विस्तारै सहज हुँदै गएको उनी बताउँछन् । “पहिलोपटक अभ्यास भएकाले हामीले यसलाई अझै संरचनागत विकास गर्न बाँकी नै छ । यो लगानी मात्रै नभएर यस्ता चलचित्रले समुदायलाई कसरी फाइदा गर्छ भनेर बुझाउन पनि आवश्यक छ,” उनले भने । 

अमेरिकाबाट ८, हङकङबाट ६, नेपालबाट ७ जनाको लगानी रहेको उदाहरण दिँदै उनी भन्छन्, “राई समुदाय रहेको हरेक देशबाट ७/८ जनाको समूह बनाएर लगानी भएको छ । यसमा कति अनबोर्ड आउनु भएको छ भने कति आउनु भएको छैन ।” प्रतिव्यक्ति न्यूनतम दुई लाख रुपैयाँदेखि अधिकतम १५ लाखसम्म उठाएर चलचित्र गाउँ आएको बाटो बनेको हो । चलचित्रमा ३५ जनाको लगानी रहेको उनले जानकारी दिए । निर्माता आमोदका अनुसार चलचित्रको बजेट तीन करोड रुपैयाँ रहेको छ । 

जुन देशबाट लगानी भएको छ, त्यही देशमा सिनेमा स्क्रिनिङबाट उठेको पैसाबाट त्यहाँका लगानीकर्ताले मुनाफा लिने निर्माता राईले जानकारी दिए । “अन्य देशमा राम्रो चल्यो तर आफूले लगानी गरेको देशमा सिनेमा चलेन भने त्यहाँका लगानीकर्ता घाटामा जान सक्छन्,” आमोद भन्छन्, “ओटीटी र इन्टरनेसनल सेलबाट आएको रकम भने विश्वभरका लगानीकर्ताले आफ्नो लगानीको अनुपातमा पैसा पाउनेछन् ।” 

जेठ २५ गतेबाट रिलिज हुने चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रशन राई मुख्य भूमिकामा छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro