site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गोकुलको प्रश्न– किसानलाई रुवाएर सरकार हाँसेर बस्ने ?
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले किसानले दूधको मूल्य किन नपाएको हो भन्दै प्रश्न गरे । 

उनले किसानले दूध बेचेर पाँच अर्बभन्दा बढी रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । “महिनौँदेखि भुक्तानी नदिएर किसान रुवाएर सरकार हाँसेर बस्ने हो ? जनताको सरकार हैन ? जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन,” उनले भने । 

सांसद बाँस्कोटाले दुग्ध विकास स्ंस्थानले एक अर्ब ५५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको र प्राइभेट सेक्टर नाफामा मात्र लिप्त हुँदा मारमा किसान परेको उल्लेख गरे । लम्पी स्कीन रोगका कारण खर्बौ क्षति भएको र किसानले बिमाको रकम नपाएकोमा आपत्ति जनाए । “अहिलेसम्म एउटै वडामा ६ करोड बढी रकम तिर्न बाँकी छ । यसमा सरकार, प्रधानमन्त्री, अर्थमन्त्री, कृषिमन्त्रीको कुरा के हो ?,” उनले भने । 

सरकार चलाउन मात्र होइन जनताको मुद्दामा पनि उत्तिकै चासो राख्न सरकारलाई उनले अनुरोध गरे । दुग्ध विकास संस्थाको क्षमता वृद्धि गर्न के कस्ता काम भए, दुग्ध उद्योग सञ्चालन गर्न के काम भए भन्दै प्रश्न गरे । “किसानहरूले के गर्ने ? फ्रान्समा जस्तो ट्रयाक्टर सडकमा राख्ने कि गाईवस्तु ल्याउने कि के गर्दा कुरा सुनिन्छ ?,” उनले भने, “किसानले भिख मागेको होइन पसिनाको मोल मागेको हो । यो समस्या जति समाधान हुँदैन सरकार त्यति अलोकप्रिय हुँदै जान्छ ।”

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro