site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईई नतिजा : यस्तो छ दुई वर्षको तुलना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थीको संख्या ३१ हजार २०९ छ ।

३.२० देखि ३.६० सम्म जीपीएसहित ६८ हजार २५६ र जीपीए २.८० देखि ३.२० ल्याएर ७८ हजार ८७४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

जीपीए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ४१ हजार १७७ छन् ।

दुई हजार ९५० परीक्षार्थीले जीपीए २.० देखि २.४० ल्याएका छन् । ६ परीक्षार्थीले जीपीए १.६ देखि २ सम्म ल्याएका छन् ।

दुई लाख ४२ हजार ३१३ परीक्षार्थी ‘नन ग्रेडेड’मा परेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

एक वा दुई विषयमा नन ग्रेड ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।

एसईई २०७९ को नतिजा 
०७९ सालको एसईईमा चार लाख ८४ हजार ९३९ परीक्षार्थी सहभागी थिए । उक्त वर्ष पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गरिएको थियो । नतिजाअनुसार, ३.६ देखि ४ ग्रेड (ए प्लस) ल्याउने परीक्षार्थीको संख्या २२ हजार ४७५ थियो । कुल परीक्षार्थी संख्याको यो ४.६३ प्रतिशत हो । 

यस्तै, ३.२० देखि ३.६० ग्रेड (ए) ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ अर्थात् ११.३६ प्रतिशत थियो ।

२.८ देखि ३.२ जीपीए (बी प्लस) ल्याउनेको संख्या ७२ हजार ३६२ अर्थात् १४.९२ प्रतिशत थियो ।

२.४ देखि २.८ जीपीए (बी) ल्याउनेको संख्या ८९ हजार ३३१ थियो । कुल परीक्षार्थी संख्याको यो १८.४२ प्रतिशत हो ।

उक्त वर्ष सबैभन्दा धेरै एक लाख दुई हजार २९३ परीक्षार्थीले २ देखि २.४ जीपीए (सी प्लस) ल्याएका थिए । कुल परीक्षार्थी संख्याको यो २१.०९ प्रतिशत हो ।

१.६ देखि २.० जीपीए (सी) ल्याउने परीक्षार्थी १८.२४ प्रतिशत थिए । उक्त वर्ष आठ हजार ४४७ परीक्षार्थीले ‘सी’ ग्रेड ल्याएका थिए ।

१.२० देखि १.६० जीपीएसहित डी प्लस ल्याउने परीक्षार्थीको संख्या तीन हजार ७७० थियो । कुल विद्यार्थी संख्याको यो ७.९९ प्रतिशत हो ।

उक्त वर्ष कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशतले ०.८० देखि १.२० जीपीए अर्थात् डी ग्रेड ल्याएका थिए । यो संख्या दुई हजार २०० थियो ।

वर्ष ०७९ को एसईई नतिजामा १३ हजार ९९२ अर्थात् २.८९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका थिए ।

उक्त वर्ष गणितमा परीक्षार्थीले सबैभन्दा कम जीपीए ल्याएका थिए । वर्ष ०७८ भन्दा ०७९ को नतिजामा सुधार थियो ।

af-1719470209.png
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro