site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक लाख २६ हजार विद्यार्थीले कक्षा १० दोहोर्‍याउनुपर्ने

काठमाडौं । एसईई २०८० को नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ ।

‘नन ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेर अर्को वर्ष मात्रै एसईई दिन पाउनेछन् । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार दुईवटासम्म विषयमा नन ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् ।

ती विद्यार्थीले एक महिनापछि हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro