site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
होन्डुरसका पूर्वराष्ट्रपतिलाई ४५ वर्षको जेल
जुआन ओर्लान्डो हर्नान्डेज । फाइल तस्बिर ।

न्युयोर्क । होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई लागुऔषध कारोबारको अभियोगमा अमेरिकी अदालतले ४५ वर्षको जेल सजाय र आठ मिलियन डलर जरिवानाको फैसला सुनाएको छ । बुधबार फैसला सुनाउनुअघि उनले आफू निर्दोष भएको जिकिर गर्दै आएका थिए ।

गएको मार्चमा न्युयोर्कस्थित अदालतको इजलासले हर्नान्डेजमाथि लागुऔषध बेचबिखनको अभियोग लगाएको थियो । म्यानहटन संघीय अदालतमा दुई साताको सुनुवाइपछि उनलाई उक्त अभियोगमा दोषी ठहर गरिएको थियो ।

Dabur Nepal
NIC Asia

उनले अभियोग अस्वीकार गर्दै आएका छन् । अमेरिकी कानुन मन्त्रालयले तीन अभियोग लगाएपछि उनलाई होन्डुरसबाट सन् २०२२ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनले सेना र प्रहरीको समेत प्रयोग गरेर आफू पदमा भएका बेला लागुऔषधको कारोबार गरेको जनाइएको छ ।

अभियोजकले ५५ वर्षीय हर्नान्डेजले उनको राष्ट्रपतिको कार्यकालमा होन्डुरसबाट ४०० टन कोकिन अमेरिका लगिएको जनाएका छन् । यसको बदलामा हर्नान्डेजले कैयौँ मिलियन डलर घुस लिएको अभियोग लगाइएको थियो । उनी २०१४ देखि २०२२ सम्म होन्डुरसका राष्ट्रपति थिए । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro