site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा अमेरिकी सैनिक कन्ट्रयाक्टर खटाउने तयारी

वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनमा अमेरिकी सैनिक कन्ट्रयाक्टर खटाउने तयारी अघि बढाएको छ । सो मामिलामा जानकार चार अमेरिकी अधिकारीका अनुसार युक्रेनको ‘मिलिटरी मेन्टेन’ र अमेरिकाले दिएका हतियार प्रणालीको रेखदेखका लागि त्यसरी कन्ट्रयाक्टर पठाउने तयारी गरिएको हो ।

यसो गर्नु युक्रेन मामिलामा बाइडेन प्रशासनको नीतिमा अर्को महत्त्वपूर्ण परिवर्तन भएको जनाइएको छ । सो मामिलाको कागजातमा अमेरिकी राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्न भने बाँकी रहेको बताइएको छ ।

एक अधिकारीले जनाएअनुसार यसबारेमा कुनै निर्णय भएको छैन र छलफल पनि भएको छैन । “राष्ट्रपति युक्रेनमा अमेरिकी सेना नपठाउने बारेमा पूर्णरूपमा दृढ हुनुहुन्छ” उनले भनेका छन् । 

यो मामिला स्वीकृत भएमा अमेरिकी कम्पनीलाई युक्रेनभित्र काम गर्नको लागि पठाउन सकिने जनाइएको छ । सीएनएन

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro