site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुद्रास्फीतिका आधारमा मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति टाइट हुनु स्वभाविक रहेको भन्दै मौद्रिक नीति लचिलो आउने अनुमान नगर्न सुझाव समेत दिए । 

Dabur Nepal
NIC Asia

उनले तथ्यांकको मूल्यांकन गर्दै मौद्रिक नीति ल्याउने तयारी भइरहेको जिकिर गरे । बजारबाट दिएको ऋणको समस्यालाई सरलीकृत गर्नका लागि राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिए पनि राष्ट्र बैंकका आफ्नै सीमितता रहेको उनको भनाइ छ । 

गभर्नर अधिकारीले विरोधका लागि विरोध नभई नीजि क्षेत्रका वास्तविक समस्या आए समाधान गर्न केन्द्रीय बैंक तयार रहेको धारणा राखे । बैंकमा ऋण लिँदा कमिसन लिने गरेको प्रश्न उठेको भन्दै यो ठूलो बैंकिङ अपराध भएकाले प्रमाणसहित ल्याउन आग्रह गरे । बिनाप्रमाणका आधारमा सार्वजनिक मञ्चमा आरोप लगाएर केही नहुने उनको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro