site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीआरआई ‘इम्प्लिमेन्टेसन प्लान’ सम्झौता छिट्टै, ऋणको माखेसाङ्लोमा नपर्ने गरी अघि बढाइने 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँग छिट्टै बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ‘इम्प्लिमेन्टेसन प्लान’ सम्झौता हुने बताएका छन् । परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।

“अहिले बीआरआई इम्प्लिमेन्टेसन प्लानलाई अगाडि बढाउनेबारे अन्तिम काम भइरहेको छ । केही समयभित्रै यसमा हस्ताक्षर हुन्छ,” उनले भने ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला बीआरआईसम्बन्धी एमओयूमा नेपाल र चीनबीच हस्ताक्षर भएको उनले स्मरण गरे । गत वर्ष चीन भ्रमण गर्दा पनि चिनियाँ समकक्षीसँग बीआरआईका विषयमा गहन छलफल गरेको उनले बताए ।

चीन भ्रमणका बेला बीआरआईलाई अगाडि बढाउन इम्प्लिमेन्टेसन प्लानलाई अन्तिम रूप दिने र हस्ताक्षर गर्ने विषयमा छलफल भएको उनले बताए । संयुक्त वक्तव्यमा समेत उक्त इम्प्लिमेन्टेसन प्लानलाई जतिसक्दो छिटो अन्तिम रूप दिने र हस्ताक्षर गर्ने उल्लेख गरिएको उनले सुनाए ।

बीआरआई इम्प्लिमेन्टेसन प्लान सम्झौतामा हस्ताक्षरपछि धेरैलाई नेपाल चीनले उपलब्ध गराउने ऋणको माखेसाङ्लोमा पर्ने चिन्ता रहेको उनले बताए । “सरकार यसमा प्रस्ट छ, हामी कुनै ऋणको माखेसाङ्लोमा पर्ने छैनौँ । हाम्रो कोसिस हुनेछ अनुदानमा नै त्यस्ता परियोजनाहरू बीआरआईअन्तर्गत आऊन् । दोस्रो प्राथमिकता सहुलियतपूर्ण ऋण एडीबी, विश्व बैंककै जस्तो ब्याजदरमा लिने हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल महँगो ब्याजमा ऋण लिएर तिर्न सक्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे । “यो कुरा मैले चिनियाँ पक्षलाई बेइजिङ जाँदा स्पष्ट पारेको छु । अहिले पनि त्यो कुरा भइरहेको छ । हामी ऋणको माखेसाङ्लोमा नपर्ने गरी परियोजनाहरू अगाडि बढाउने कुरामा स्पष्ट छौँ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro