site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री बगेरीबीच भेटवार्ता 

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री डा. अली बगेरीबीच भेटवार्ता भएको छ ।

इरानको राजधानी तेहरानमा एसिया सहयोग संवाद (एसीडी)को साइड लाइनमा उनीहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो । भेटमा नेपाल–इरान सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले स्थानीय समयअनुसार सोमबार बिहान इरानका कार्यवाहक विदेशमन्त्री बगेरीको अध्यक्षतामा तेहरानमा आयोजना भएको एसीडीको १९औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले एसीडी भिजन २०३० लाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वीताका कारण उत्पन्न चुनौतीका बारेमा धारणा राखेका थिए । 

एसीडीको १९औँ मन्त्रीस्तरीय बैठकमा सहभागी भई परराष्ट्रमन्त्री श्रेष्ठ मंगलबार स्वदेश फर्कने छन् । 
 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro