साहित्य

सुसन रिसाल
मेरा बितेका दिन
अनि भविष्यका रेखाहरू
मेरो वर्तमानमा अड्किएको छ
शान्तिशान्तिको जपमा
मेरो इतिहास चोरिएको छ
वर्षौँदेखि म उठाइहेछु
मेरा उत्पीडनका कथाहरू
मौन पारिएका
अनि निरन्तर खन्जर
हानिएको यो आत्मा
चोटले कहिले ढल्छ
कहिले बलियो भएर
सम्हालिँदै उठ्छ
सोच्छु, इतिहास त
प्रश्न गर्ने योद्धाहरूका
चेतन मनहरूले नै बदल्छन्
हो, म तयार छु
न्याय प्राप्तिको लडाइँमा होमिन
मेरो आफ्नै
सप्तरंगी सत्यताको इतिहास रच्न !
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ ०६:१३
प्रतिक्रिया दिनुहोस्