site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ : निर्देशक लामिछाने
फाइल तस्बिर

काठमाडौं । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ ।  मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन सुरू भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने उनले बताए । 

मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउनेबित्तिकै हेडबक्स बन्द गनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरिने कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए । उनले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताए ।

Dabur Nepal
NIC Asia

मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको उनको भनाइ छ । उनले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताए । 

“मेलम्ची नदीमा जबसम्म पानी धमिलो आउँदैन र माथि पहिरो जाँदैन तबसम्म पानी सञ्चालन गरी राख्ने योजना बनायौँ । त्यसको लागि सबै सावधानीका उपायहरु अपनाएर बसेका छौँ । जेठ ३१ गतेपछि पानी धमिलो र बाढी आएर टनेललाई क्षेती पुग्ने अवस्था आयो भने जुनसुकै बेला पनि टनेल बन्द गर्नसक्ने गरी मन्त्रालयबाट स्वीकृत लिएर बसेका छौँ । आज बन्द हुने भने पनि आज पनि टनेलबाट सुन्दरीजलमा पानी पथान्तरण गरिरहेका छौँ । आजसम्मको अवस्था हेर्दा जतिबेला ठूलो पानी पर्छ र बाढी आउँछ त्यतिबेला मात्रै पानी बन्द गछौँ,” उनले भने । न्युज एजेन्सी नेपाल
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro