site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७औँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खलंगा बजारमा आफ्नो ३०७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बैंकको विश्वास छ ।

हालसालै 'बैंक अफ द इयर, २०२३'को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro